चार बिचौलिया पक्राउ

१ श्रावण २०७७, बिहीबार १७:०५

काठमाडौं , चन्द्रागिरि नगरपालिका १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ४ का ३० वर्षीय पुष्कर कटुवाल, धनुषा हरिहरपुर गाउँपालिका ७ का ३० वर्षीय बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका ६ का २६ वर्षीय बिनोद पुलामी र लमजुङ मर्स्याङ्दी गाउँपालिका २ का २६ वर्षीय उज्जवल गुरुङ रहेका छन्।