चलचित्र ‘दि कर्मा’ को घोषणा

२९ भाद्र २०७४, बिहीबार ०७:१७

काठमाडौं – बलिउड कलाकारको अभिनय रहने नेपाली कथानक चलचित्र ‘दि कर्मा’ को निर्माण घोषणा गरिएको छ ।  मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि निर्माण गरिन लागेको चलचित्रको काष्ट एण्ड क्रिउको विषयमा जानकारी दिइएको हो ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को व्यानरमा निर्माण हुन् लागेको चलचित्रमा बलिउडका कलाकार द्धय दीपक आनन्द र करण कुमार वर्मा मुख्य भूमिकामा रहनेछन् । यी दुईको साथमा क्षितिजा शाक्य, नसीमा आचार्य र अनुप सक्सेना रहने जनाकारी दिईएको छ । कार्यरक्रममा बोल्दै कलाकार दीपकले नेपाली चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको बताए । त्यस्तै कुमारले भने प्रस्ताव आउँदा सुरुमा खेल्ने कि नखेल्ने द्धिविधा उत्पन्न भएको बताए ।

देवकुमार श्रेष्ठले निर्देशन रहने चलचित्रलाई लामो समय  कलाकारको रुपमा प्रस्तुत भएका सुशील पोखरेलले ‘दि कर्मा’ लेखेका हुन् । रामेश्वर कार्कीको छायांकन रहने चलचित्रको मंसिरबाट छायांकन प्रारम्भ हुने जनाइएको छ । चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध तथा रामजी लामिछानेको नृत्य रहनेछ । हिन्दी भाषामा समेत डब गरिने यस चलचित्रमा नीशा खतिवडा र जय राज राय को  संयुक्त लगानी रहनेछ ।