चलचित्र ‘कोपिला’ को ट्रेलर

६ पुष २०७६, आईतवार १२:५२

काठमाडौं , शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ ।

कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा केन्द्रित रहेर बनाइएको उक्त चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा निर्मलालाई कोपिलाको रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

सार्वजनिक ट्रेलरमा मानव अधिकारकर्मी, पत्रकार, राजनीतिक दलले विभिन्न बहानामा चलचित्रकी मुख्य पात्र कोपिलाको लासमाथि गरेको राजनीतिक परिदृश्यलाई प्रस्तुत गरिएको छ । निर्देशक अधिकारीकै लेखन रहेको यस चलचित्रमा अभिनेत्री सरिता गिरी, गणेश गिरी र रिद्धिचरण श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । मणिराज गौतमले निर्माण गरेको यस चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।