चलचित्र ‘कबड्डी’मा सोल्टीनीको भूमिकामा अभिनय गरेकी नायका रिश्मा गुरुङ् नयाँ गीत ‘सिन्की को अचार’को भिडियोमा

२६ कार्तिक २०७४, आईतवार ०५:५९

कात्तिक २६, काठमाडौं । गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा नायिका रिश्मा गुरुङ्ले अभिनय गरेकी छिन् । साथमा गायक रुम्बा आँफैले पनि अभिनय गरेका छन् ।
चलचित्र ‘कबड्डी’मा अभिनेता दयाहाङ्ग राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् । विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकिय स्थान बन्दिपुरमा गरिएको हो ।

गीतमा डिपि खनालका शब्द तथा सुबाश भुषालको संगीत छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल हुन् ।