चरित्र हत्या गर्ने प्रयास भयोः साँसद रावल

४ पुष २०७५, बुधबार १८:२२

कैलाली क्षेत्र नं। २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य झपट रावलले रानी जमरा कुलरिया सिचाँई आयोजनाको ट्याक्टर खरिदमा आफ्नो सहमती भनी एक पत्रिकामा गरिएको प्रचारबाजी प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

साँसद रावलले मंगलवार एक प्रेस बिज्ञप्ती प्रकासित गरि आफु रानीजमरा कुलरिया सिचाँई आयोजनाको कुनै समितिमा नरहेको जानकारी गराउनु भएको छ । उहाँले व्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले आएको समाचारको भ्रममा नपर्न आग्रह समेत गर्नु भएको छ ।