‘चपली हाइट ३’ मा अर्पण थापाको इन्ट्री

२० मंसिर २०७६, शुक्रबार ११:३६

काठमाडौं , निकेश खड्काको निर्देशनमा रहेको चलचित्र ‘चपली हाइट ३’ को धमाधम छायांकन भइरहेको छ । थ्रिलर कथामा बनेको यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ ।

निर्माता अर्जुन कुमारले निर्माण गरेको यस चलचित्रमा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । निर्माण पक्षले चलचित्रमा अभिनेता अर्पणको लुक्स सार्वजनिक गरेको छ । चैत्र २८बाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा अभिनेता अर्पणको प्रवेशसँगै टिम झनै बलियो बनेको छ ।