चक्रे मिलनका सहयोगी रामेश्वरलाई प्रहरीद्वारा गोली प्रहार

६ आश्विन २०७४, शुक्रबार १४:३०

असोज ६, काठमाडौं । काठमाडौं पेप्सीकोलामा महानगरीय अपराध महाशाखाको टोलीले हानेको गोली लागेर रामेश्वर गौतम घाइते भएका छन्।

घाइते भएका गौतम चक्रे मिलनका मुख्य सहयोगी रहेको प्रहरीले जानकारी दिएको छ । व्यापारीसँग पैसा उठाइरहेको भन्ने उजुरीका आधारमा सो क्षेत्रमा पक्राउ गर्न गएको गस्ती टोलीमाथि नै गोली प्रहार गरेपछि जवाफी फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

 

महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीका अनुसार प्रहरीमाथि नै गोली हान्ने प्रयासमा रहेका गौतमलाई जवाफी फायर गरिएको थियो । प्रहरीको एउटा गोली लागेर घाइते भएका उनको काठमाडौंको वीर अस्पतालमा उपचार भैरहेको छ । काठमाडौं र भक्तपुरको सीमानाकामा बसेर गौतमले हप्ता उठाउने काम गरिरहेको प्रहरी दाबी छ ।