घोराहीमा जुवा खेल्ने ५ जना पक्राउ

१६ कार्तिक २०७७, आईतवार १४:०४

दाङ , आज घोराहीमा जुवा खेल्ने पाँच जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित एक घरमा जुवा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले आइतबार बिहान ३ लाख २३ हजार ६० रुपयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताउनु भयो ।

पक्राउ पर्नेहरुमा घोराही–१० का २६ वर्षीय अनिलकुमार थापा, २५ वर्षीय केशव डाँगी, २६ वर्षीय कमल रावत, घोराही १५ का २७ वर्षीय वसन्त भण्डारी र घोराही–१८ का ३६ वर्षीय धर्म ज्ञवाली छन् । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको चन्दले जानकारी दिनु भयो ।