घुस लिँदै गरेको अवस्थामा आमा छोरी पक्राउ

१ माघ २०७५, मंगलवार १५:४१

काठमाडौँ,  कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार गीता कुमारी पन्थीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको छ ।त्रिपुरेश्वरस्थित कार्यालयमा दर्ता रहेको एक स्कुलको बाँकी कर तिर्न जाँदा राजश्व मिलाइ दिने भन्दै पन्थीले एक लाख रुपैयाँ माग गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । घुस रकम लिएर राख्न दिएकी छोरीलाई पनि पक्राउ गरिएको छ ।

विज्ञप्ति अनुसार अख्तियारबाट खटिएको टोलीले पन्थीले सेवाग्राहीबाट घुसबापत एक लाख रुपैयाँ लिएर  छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।