घुससहित सडक डिभिजनका प्रमुख र इन्जिनियर पक्राउ

१९ पुष २०७६, शनिबार १४:२१

सिरहा , सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख, इन्जिनियर र सबइन्जिनियर घुससहित पक्राउ परेका छन् ।उनीहरुलाई कार्यालयबाट साँझ ६ः३० बजे प्रहरीले पक्राउ गरेको हो । कार्यालय प्रमुख विनोद साहलाई ३ लाख, इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटाले जानकारी दिनु भयो । उनीहरुले निर्माण व्यवसायीसँग सडक निर्माणको कामका लागि कमिशन स्वरुप रकम माग गरेको बुझिएको छ ।

तीनजनालाई शुक्रबार नै वर्दिवास लगिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासका प्रमुख सापकोटाले बताउनु भयो ।