घुससहित अधिकृत पक्राउ

२१ माघ २०७६, मंगलवार ११:००


काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई एक लाख घुससहित पक्राउ गरेको छ ।नगरपालिकाको सुचना, सञ्चार तथा प्रसारण प्रयोजनका लागि सम्झौता गरी विनियोजित बजेटलाई रकम मागेको र उजुरीका आधारमा उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङ्ग स्वयम्भुका अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडा पनि पक्राउ परेका छन । खतिवडाले सवारी कर र प्रदुषणवापतको रकम तिर्न १३ हजार रुपैयाँ घुस दिएका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।