घर भत्किँदा दुई बालिकाको मृत्यु, आमा गम्भीर घाइते

१ चैत्र २०७६, शनिबार १८:३३

सुर्खेत, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ को रङ्गगाउँमा घर भत्किदा दुई जनाको मृत्यु भएको छ ।शुत्रबार राती घर भत्किदा एकै परिवारका दुई जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् ।

घर भत्केर १२ वर्षीया मञ्जु बुढा र दुई वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।पानी र हिमपातका कारणले घर भत्किदा मृतक आमा ३५ वर्षीया रणमती बुढा गम्भीर घाइते भएकी छिन् ।