गौतमबुद्ध विमानस्थल निर्माण तीव्र

१३ कार्तिक २०७५, मंगलवार १४:२८

 

रुपन्देही  गौतमबुद्ध विमानस्थलको कामले पछिल्लो समय तीव्रता पाएको छ । १३ गते बाट विमानस्थलको रनवे कालोपत्रे गर्न थालिएको छ । जसले गर्दा विमानस्थल छिट्टै बन्नेमा स्थानीय आसावादी बनेका छन् ।

सन् २०१९ को जुन २८ सम्ममा निर्माण सम्पन्न गरी गौतमबुद्ध विमानस्थल भैरहवामा उडान भर्ने गरी निर्माण भइरहेको आयोजनको निमित्त प्रमुख प्रवेश अधिकारीले जनाकारी दीए । निर्माणको मुख्य ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेड चाइनाले धमाधम काम गरिरहेको छ । कन्सल्ट्यान्टको जिम्मा पाएको युसिन कोरियन कन्सल्ट्यान्ट र आयोजना क्यानले संयुक्त रूपमा मूल्याङ्कन गर्दा हालसम्म कार्यप्रगति ५५ प्रतिशत देखिएको आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । मङ्गलबारबाट सुरु भएको कालोपत्रेकोे काम पनि ४ महिनाभित्र सकिने आयोजनाले जनाएको छ । विमानस्थलमा धावनमार्गको बेस कोर्सको काम सम्पन्न भइसकेको छ । टर्मिनल बिल्डिङको अराइभल पार्ट अन्तिम तलाको ढलान सम्पन्न भएर फिनिसिङ हुँदैछ । डिपार्टर पार्टको अन्तिम तलाको ढलान सम्पन्न भएको छ ।

आगमी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल आयोजनाको दाबी छ । विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यमा एडीबीले ४० दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलब ५ प्रतिशत, एडीबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा करसमेत गरी लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भएको हो ।