गोली हानेर ९ लाख लुटपाट, दुई जना पक्राउ

१३ जेष्ठ २०७५, आईतवार ०७:५८

जेठ १३, काठमाडौं ।

गोली हानेर लुटपाट गरी भागेका दुई जना आधा घण्टा नबित्दै पक्राउ परेका छन् ।

बिहान १० बजे धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कुमार कार्कीलाई गोली प्रहार गरी दुई जनाले ९ लाख ५० हजार लुटेर लगेका थिए ।

 

नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

 

उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यद्यपि लुटपाटमा संलग्न हुन होइन, अनुसन्धान पछि मात्रै पुष्टि हुने एसपी घिमिरेले जानकारी दिए ।