गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ

३ मंसिर २०७६, मंगलवार ११:०९

जिल्ला प्रहरी कार्यालय बागलुङले साविकको पाला गाविस ४ को चिहानडाडाँ भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा काठेखोला गाउँपालिका १ पालाबाट स्थानीय ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसानलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट गोरु काट्नका लागि प्रयोग भएका औजारहरु बन्चरो र दाउसमेत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय बागलुङका अनुसारपक्राउ परेका चारै जनाविरुद्व पशु सम्बन्धी कसुरअर्न्तगत गाई गोरु मार्न वा काट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको छ । उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।