‘हेप्नी’ गीत बजारमा, हेर्नुहोस् भिडियो

२७ पुष २०७७, सोमबार ११:५९

 

काठमाडौं, कुनै समयका सञ्चारमन्त्री रहेका गोकुल बाँस्कोटाले पत्रकारहरुलाई लक्षित गरेर दुई तिहाईको सरकारलाई हेप्नी ? भनेपछि यो शब्द अत्याधिक चर्चामा आएको थियो ।

तर अब भने यो शब्द प्रयोग गरेर गीत नै बनेको छ । लोकराज अधिकारीको शब्द तथा अहिलेका चर्चित एवम् व्यस्त संगीतकार र एरेञ्जर योगेशकाजी तथा एलिना चौहानको स्वरमा हेप्नी मलाई हेप्नी बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

सामान्य असावधानी वा असमझदारीले बिवाहित जीवनलाई भड्काएर अदालतको ढोकासम्म पुर्‍याउँने वास्तविक कथा समेटिएको भिडियोमा वर्षा सिवाकोटी, नवराज न्यौपाने, रस्मी भट्ट, शिवहरी बैरागी, मनिषा सिलवाल लगायतको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोको निर्देशन क्रान्ती केसीले गरेका हुन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस्