गोंगबुमा शव भेटिएका व्यक्तिको पहिचान खुल्यो

२६ श्रावण २०७७, सोमबार १७:३८

काठमाडौं , काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ ।
सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको पहिचान खुलेको छ । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।

आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।