गैरकानुनी क्रियाकलाप बन्द नगरे सरकारले शान्ति सुरक्षाका लागि कडा कदम चाल्नेः प्रधानमन्त्री ओली

२४ फाल्गुन २०७५, शुक्रबार १५:२०

काठमाडौं , प्रधानमन्त्री केपीशर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई लुटेरा समुहको आरोप लगाउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले चन्दा आतंक मच्चाएर लुटेको भन्दै यस्तो आरोप लगाउनु भएको हो ।
प्रधानमन्त्री ओलीले चन्दा आतंक, हत्यालगायतका अपाराधिक क्रियाकलाप छाड्न आग्रह गर्नु भयो । ओलीले गैरकानुनी क्रियाकलाप बन्द नगरे सरकारले शान्ति सुरक्षाका लागि कडा कदम चाल्ने चेतावनीसमेत विप्लव समूहलाई दिनु भयो ।