गैंडाकाे आक्रमण परी चितवनमा एक जनाको मृत्यु

१६ जेष्ठ २०७५, बुधबार ०८:२२

जेठ १६, काठमााडौं ।

गैंडाकाे आक्रमण परी चितवनकाे भरतपुर महानगरपालिका–२५, ध्रुवमा एक जनाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गरेका स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको गैंडाकाे आक्रमणबाट ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माछा मार्न गएका ५० वर्षीय क्षेत्रीलाई दोभान सामुदायिक वनमा गैंडाले आक्रमण गरेको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।