गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

६ कार्तिक २०७६, बुधबार ०९:१६

गुल्मी , गुल्मीको जयखानीमा गएराती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कालिगण्डकी गाउँपालिका–३ साविक जयखानी गाविसको उकालोमा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना भएको हो । जिप दुर्घटना हुँदा सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको पाल्पा मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

बिकको मृत्यु भएको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले अर्का एक जना सामान्य घाईते भएको जानकारी दिनु भयो । जिप चालकलाई नियन्त्रणमा लिईएको र घटनाको थप विवरण आउन बाँकी रहेको जनाईएको छ ।