गुमाए मार्क जुकरबर्गले दुई घन्टामा १६८ करोड डलर

१० श्रावण २०७५, बिहीबार १७:५२

साउन १०, काठमाडौं । एजेन्सी

लामो समयदेखि कन्टेन्ट पोलिसीमा विवाद उठेपछि फेसबूकलाई दोस्रो त्रैमासिकमा नोक्सानी बेहोर्नुपरेको छ ।

बुधवार फेसबूकले जानकारी दिएअनुसार दोस्रो त्रैमासिकमा बिक्री र प्रयोगकर्ता वृद्धिमा कमी आएको छ । यसले गर्दा यो वर्ष राम्रो प्रदर्शनको अपेक्षा छैन ।

फेसबूकका आर्थिक अधिकारी डेभिड वेनरले तेस्रो तथा चौथो त्रैमासिकमा नाफा घट्न सक्ने बताएका छन् । त्यसपछि फेसबूकको शेयर २४ प्रतिशतले घट्यो । शेयर घटेका कारण मार्क जुकरबर्गले दुई घन्टामा १६८ करोड डलर गुमाउनुप–यो ।

ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार, जुकरबर्ग अर्बपतिको छैठौं स्थानमा झरेका छन् । यो वर्षको अन्त्यसम्ममा उनले १३७ करोड डलरको घाटा सहनुपर्ने देखिन्छ ।

फेसबूकले विरलै मात्र यस्तो नोक्सानी बेहोर्छ । अघिल्लोपटक सन् २०१५ मा फेसबूकले यस्तो नोक्सानी बेहोरेको थियो ।

फेसबूकले यो वर्ष डाटा प्राइभेसी, युरोपेली जटिल नियम तथा प्रयोगकर्ताको संख्यामा कमीका कारण बदनामी कमाउनुपरेको छ ।

यी समस्याहरूका कारण २.२३ अर्ब प्रयोगकर्ता भएको कम्पनीले कठिनाइ भोग्नुपरेको छ । फेसबूकका प्रयोग अहिले करोडको दरमा घटिरहेका छन् ।

गत जुन महिनामा उसका १४ सय ७० करोड दैनिक प्रयोगकर्ता थिए ।

सबै कुरा भएपनि फेसबूकले संसारभरिका प्रयोगकर्तामा पकड कायम राखेको छ । मोबाइल विज्ञापनमा पनि कम्पनी अरूभन्दा धेरै अगाडि छ ।