गुठीसम्बन्धी विधेयक र उत्पन्न समस्या

३ असार २०७६, मंगलवार १२:०२

नेत्र बहादुर लिम्वू

सरकारले गुठीसम्बधी विधेयक संसद्मा लगेको छ । सरकारको नियतमै शंका गर्दै सरोकारवालाहरू विधेयकको बिरोध गदै सडकमा उत्रिएका छन । राजधानीका मूल बासिन्दा नेवारहरू नै विधेयकविरुद्ध सडकमा आएर आन्दोलन चर्काएका छन । विेधेयकविरुद्ध काठमाडौंको नेवार समुदायले सुरु गरेको आन्दोलनमा सरकारले अनावश्यक बल प्रयोग गरेपछि स्थिति निकै तनावग्रस्त भएको छ । त्यसमाथि सरकारका प्रवक्तालगायतको भनाइले सरकारको नियत उदांगो भएको छ ।
यो विधेयकविरुद्ध काठमाडौंवासी विशेषगरी नेवार समुदाय जागेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केही नेता आन्दोलन थामथुम पार्ने प्रयत्नमा लागेका छन् । सम्बन्धित मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर सरकार लचिलो भएको सन्देश दिन खोजिएको छ ।
सरकारको नियतमै शंका गर्ने आधार प्रशस्त देखिएको छ । कर्मचारीको लहैलहैमा कानुन बनाउन लागिएको हो भने यस विधेयकलाई सरकारले फिर्ता लिन ढिला गर्नु हुदैन । जनआवाजको कदर गर्न सरकारमा बस्ने सवैले सिक्नु पर्छ । अहिले विधेयक फिर्ता लिएर गुठीको समस्या समाधान गर्ने बाटोमा सरकार लाग्नु पर्छ ।