गिरीको निधनले दुःखी छुः प्रधानमन्त्री

३ पुष २०७५, मंगलवार ११:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् ।प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ ।

 यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’गिरीको ९३ वर्षको उमेरमा मंगलबार विहान बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि निवासमै राखिने भएको छ ।