गायिका वुनु श्रेष्ठ र गायक विश्व नेपालीको नयाँ गीत सार्वजनिक

२६ चैत्र २०७६, बुधबार १४:४९

काठमाडौं , गायिका वुनु श्रेष्ठ र गायक विश्व नेपालीको नयाँ गीत सार्वजनिक भएको छ । गायिका वुनु श्रेष्ठ र गायक विश्व नेपालीको सुमधुर स्वरमा ‘तिमी जन जनमा बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो । भिडियोलाई स्टुडियो साउण्ड मिलको अफिसियल युटयुवमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा नरेश प्रधानको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ भने देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । ध्वनी मिश्रण भने महेश्वरमान राजभण्डारीको रहेको छ । गीतलाई आफ्नो ज्यान जोखिममा राखेर मानव सेवामा अहोरात्र खटिरहेका डाक्टर, नर्स, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुमा समर्पित रहेर तयार पारिएको छ ।