गायिका मिलन नेवारको सिन्दूर’सार्वजनिक

१ मंसिर २०७६, आईतवार १०:३०

काठमाडौं , गायिका मिलन नेवारको आवाज रहेको ‘सिन्दूर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्चारकर्मी मधु शाहीको शब्द एवं ज्योति प्रकाशको संगीत रहेको छ । मिलनको आवाजसँगै यस भिडियोमा अभिनयसमेत रहेको छ । भिडियोलाई सांगीतिक ब्यान्डसहित प्रस्तुत गरिएको छ ।

हाइलाइट्स नेपालको युट्युबमार्फत सार्वजनिक गरिएको भिडियोमा गायिकासहित वाद्यवादन समूहको प्रस्तुति निकै आकर्षक रहेको छ । लाइभ ब्यान्डसहितको थिएटर भिडियो निर्माण गर्नेक्रम निकै कम भइरहेका बेला चित्रकलासँगै जोडेर भिडियोको निर्माण गरिएको संगीतकार ज्योति प्रकाशले बताए ।