गायिका इन्दिरा गैरेको गीत ‘मोया’चर्चामा

२६ पुष २०७६, शनिबार १२:५६

काठमाडौँ , गायिका इन्दिरा गैरेको गीत ‘मोया’चर्चामा आएको छ । केही समय अघि युट्युबमार्फत सार्वजनिक उक्त गीत चर्चामा आएको हो । शरद पाण्डेको शब्द तथा अर्जुन सापकोटाको संगीत रहेको सो गीतमा गायक रबिन लामिछानेले गायिका गैरेलाई आवाजमा साथ दिएका छन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कृष्ण बिकको संगीत संयोजन रहेको छ । त्यस्तै काजिश श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियो अजय रेग्मीले क्यामेरामा कैद गरेका छन् भने दिपक बिष्टले सम्पादन गरेका छन् ।

रक्षा श्रेष्ठ र अर्जुन गौतमले गीतको भिडियोमा अभिनय गरेका छन् । ताजा इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।