गर्भवती बाख्राको सामूहिक बलात्कार, ८ जनाको खोजी जारी

१५ श्रावण २०७५, मंगलवार १०:५६

साउन १५, काठमाडौं । एजेन्सी

भारतको नयाँदिल्ली नजिकैको एक गाउँमा गर्भवती बाख्राको सामूहिक बलात्कार भएको छ । बाख्रालाई खोरबाट निकालेर सामूहिक बलात्कार गर्ने ८ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।

नयाँदिल्ली भन्दा ४५ माइल दक्षिणमा पर्ने नु गाउँमा ८ जना जँड्याहाले गर्भवती बाख्रालाई खोरबाट चोरेर लगी बलात्कार गरेपछि बाख्राको मृत्यु भयो ।

बाख्राधनीले आफू र केही छिमेकीहरुले ती जँड्याहालाई बाख्रालाई बलात्कार गर्दागर्दै रंगेहात पक्राउ गरिएको दाबी गरे । तीन जनालाई भने भाग्नुअघि पिट्नसमेत भ्याएको उनले बताए ।

बाख्राधनी २७ वर्षका ट्रक ड्राइभर अस्लुप खानले स्थानीय मिडियालाई बताएअनुसार बाख्रा हराएको थाहा पाएपछि खोज्दै जाँदा ती जँड्याहाले झाडीमा लगेर बलात्कार गरिरहेको भेटेका थिए ।

‘बाख्रा घाइते भएर भुँइमा ढलिरहेको थियो र हिँड्न पनि सकेको थिएन ‘ हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ ।

बाख्रालाई घरमा ल्याएर उपचार गर्दागर्दै भोलिपल्ट मरेको थियो । उपचारमा संलग्न भेटनरी चिकित्सकले उक्त बाख्रा ब्रेन हृयामरेजको कारणले मृत्यु भएको बताएका थिए ।

बलात्कारमा संलग्न सबै फरार रहेको र प्रहरीले उनीहरुको खोजी गरिरहेको बताएको छ ।