गरे विकास मन्त्रीले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना

१० बैशाख २०७५, सोमबार ०९:२९

वैशाख १०, काठमाडौं ।

प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

मन्त्री बरालले छोरी मुनालाई बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ६ मा भर्ना गरेका हुन् ।

 

सो अवसरमा बोल्दै मन्त्री बरालले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सकारात्मक सन्देश दिने उद्देश्यले आफूले सामुदायिक विद्यालयमा छोरी भर्ना गरेको बताए ।

 

उनले देशभरका सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार्न संघीय, प्रदेश र स्थानीय सरकारको ध्यान जानुपर्ने बताए ।

 

कालिका मानवज्ञान देशकै धेरै विद्यार्थी संख्या भएको सामुदायिक विद्यालय हो ।