गरीयो चर्चहरुलाई धमाधम होटल र जिम सेन्टटरमा परिणत

२० श्रावण २०७५, आईतवार १४:५१

साउन २०, काठमाडौं । एजेन्सी

क्यानडाको क्युबेक शहरमा सन् २०१८ को अप्रिलसम्ममा ५४७ चर्च बन्द भएका छन् । त्यहाँ अहिले थिएटर, जिम र होटेल खुलेका छन् ।

खासमा क्याथोलिक क्यानडेलीहरूको संख्यामा भारी कमी आएको छ । सन् १९५० को दशकमा उनीहरू ९५ प्रतिशत थिए भने अहिले ह्वात्तै घटेर ५ प्रतिशतमा पुगेका छन् ।

चर्चमा प्रार्थना गर्न जाने कमै छन् र चर्चले आर्थिक सहायता पनि कमै पाउन थालेका छन् । त्यसैले चर्च चलाइराख्न गाह्रो भयो । ऐतिहासिक चर्च भवनहरू ढल्ने खतरा रह्यो ।

जानकारहरूका अनुसार, क्युबेकमा चर्चहरू स्वास्थ्य र शिक्षाका केन्द्र थिए । उनीहरूले सामाजिक गतिविधिमा हात हाल्थे । चर्चले पारपाचुकेको विरोध गर्थे । चर्चले भनेको कुरा नै किताबमा पढाइन्थ्यो । चर्चले व्यक्तिगत जीवनमा दखल दिने भएकाले पनि मानिस विद्रोही भएको बताइएको छ ।

मोन्ट्रियलका आर्कबिशप क्रिस्चियन लेपाइनका अनुसार, ‘चर्चलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा धार्मिक अधिकारीहरू अन्योलमा परेपछि निजी संस्थालाई बेचियो । चर्च बन्द हुँदा वा उसको रूप परिवर्तन हुँदा दुःख त लाग्छ तर हामीले तीतो सत्यलाई पचाउनैपर्छ ।’