गरिबको गीत ‘अति भयो अति’ सार्वजनिक

२ भाद्र २०७७, मंगलवार ११:१६

चर्चित गीतकार शिव सुबेदीको शब्दमा ‘गरिबको गीत, अति भयो अति’ सार्वजनिक भएको छ । यस पटकको ‘गरिबको गीत’मा पनि दश जना कलाकारहरू सहभागी छन् । पुरुष कलाकार तर्फ कुलेन्द्र बिक, सूर्य खड्का, खेम सेन्चुरी, विक्रम परियार र नरेश खाती रहेका छन् भने महिला कलाकार तर्फ मञ्जु पौडेल,टिका सानु, कमला पोखरेल,सुनिता बुढा र सम्झना भण्डारीको स्वरमा यो गीत रेकर्ड गरिएको छ । गीतको भिडियो शिब सुबेदीको युट्युब च्यानलबाट सार्वजानिक भएको छ।