गण्डकी प्रदेश नेकपा संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

२५ पुष २०७५, बुधबार १०:५२

कास्की– गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ।

नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंगलबार अबेर गरी सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको बताइएको छ ।  नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न बाँकी छ।