खोलामा पौडी खेल्ने क्रममा एक मृत्यु

२८ भाद्र २०७६, शनिबार १७:१६

संखुवासभा , मकालु गाउँपालिका–५ र चिचिला गाउँपालिका–३ को सिमानामा पर्ने राते खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।

पौडी खेल्ने क्रममा शनिबार खोटाङ जिल्लाको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ का ३५ वर्षीय दिलिप थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक इन्स्पेक्टर सन्तोष राईले बताउनुभयो ।

अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एस एम राज कम्पनीमा हेल्परको रुपमा काम गर्ने थापाको पौडी खेल्ने क्रममा ज्यान गएको राईले जानकारी दिनुभयो ।

शवलाई पोस्टमर्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको प्रहरीले जनाएको छ ।