खूल्यो दीपिका र रणवीर कपूरको ब्रेकअपको रहस्य 

९ श्रावण २०७५, बुधबार १२:०७

साउन ९, काठमाडौं । एजेन्सी

कुनै समयमा बलिउडका सुन्दर जोडी भनी चिनिने रणवीर कपूर र दीपिका पादुकोणले धेरैअघि ब्रेकअप गरिसकेका हुन् ।

तर यो ब्रेकअपका लागि जिम्मेवार को थियो भन्ने खुलासा दीपिकाले एक अन्तर्वार्तामा गरेकी छन् । दीपिकाले रणवीरको नाम नलिइकनै सम्बन्ध तोडिएको कुराको बयान गरिन् ।

दीपिकाले भनिन्, ‘मैले उसलाई रंगेहात पक्रेको थिएँ । त्यतिखेरै मैले सबै भावना बिर्सेर अलग्गिने निर्णय लिएको थिएँ ।

मेरा लागि कसैसँग नजिकिनु भनेको शारीरिक सम्बन्ध बनाउनु मात्र होइन, भावनासँग जोडिनु जरूरी हुन्छ । तर मलाई लाग्छ, सबैको सोच यस्तै हुनुपर्छ भन्ने छैन ।’

दीपिकाले थपिन्, ‘म सम्बन्धमा हुँदा धेरै मानिसले भने – तिमीलाई धोका दिइँदैछ । म आफैं पनि यो कुरा जान्दथें तर उसले मसँग सम्बन्ध कायम राख्नका लागि गिडगिडाएपछि मैले दोस्रो मौका दिएँ । तर एकदिन मैले उसलाई रंगेहात समातें ।

मैले सम्बन्धमा कसैलाई पनि धोका दिएको छैन त्यसैले बरू एक्लै बस्नु ठीक हुने ठानें ।’

दीपिकाले मनको सबै बह पोख्दै भनिन्, ‘उसले मलाई पहिलोपटक धोका दिएपछि हाम्रो सम्बन्धमा केही गडबडी छ भन्ने थाहा पाएँ ।

तर धोका दिनु नै कसैको बानी भएपछि सबै कुरा गरेपनि हार नै स्वीकार गर्नुपर्ने हुन्छ । मैले सम्बन्धका लागि सबै कुरा दिएँ तर केही फिर्ता पाउने आश गरिनँ ।’

दीपिकाले थपिन्, ‘विश्वास भत्केपछि उक्त व्यक्तिप्रति सबै भावना हराएर जाने रहेछ । ब्रेकअपपछि कैयौं दिनसम्म रोइरहें । समय बित्दै जाँदा म झन् बलियो भएँ र अघि बढें ।’

दीपिका र रणवीर कपूर सन् २००७ मा आएको फिल्म बचना ऐ हसीनों को शूटिङका बेलामा नजिकिएका थिए । दीपिकाले रणवीरको नाममा ट्याटू समेत बनाएकी थिइन् ।

अहिले दीपिका रणवीर सिंहसँग डेटिङ गरिरहेकी छन् । यी दुवै स्टारहरू छिट्टै बिहे गर्ने सुरमा छन् । रणवीर कपूर चाहिँ आलिया भट्टलाई डेट गरिरहेका छन् । आलिया र रणवीरले आफ्नो सम्बन्धलाई हलुका रूपमा स्वीकारेका छन् ।