खुला सिमाना अवसर भन्दा चुनौति बढि भयोः श्रेष्ठ

२० भाद्र २०७५, बुधबार १६:०७

 

काठमाडौं– सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारतबीचको खुला सीमा दुरुपयोग हुन नदिन सरकारसँग जोडदार माग गरेका छन् । सीमाविद् श्रेष्ठले नेपाल–भारतबीचको सीमा चरम दुरुपयोग भएको भन्दै त्यसलाई तत्काल रोक्नु पर्ने बताएका छन

ललितपुरमा आयोजित ‘खुला सिमानाः अवसर र चुनौती’ विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । सो अवसरमा खुला सीमाकै कारण दुई देशबीच अपराधिक गतिविधिमा वृद्धि भएको पनि श्रेष्ठले स्पष्ट पारे ।

सीमाविद्हरुले खुला सीमालाई अवसरभन्दा चुनौतीको रुपमा लिनु पर्ने बताए ।