खाद्य संस्थानले शुक्रबारबाट खसीबोका बेच्ने,

२५ आश्विन २०७५, बिहीबार १४:४७

 

नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैँका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण गर्ने जानकारी गराएको हो ।

बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जानकारी दिइएको छ।शुक्रबारसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याउने छ ।त्यस्तै हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने बताइएको छ ।

शुक्रबार विहान ८ बजेबाट खसी, बोका र च्याङ्ग्रा विक्री वितरण हुनेछन् ।बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ ।आज बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ ।