खरबुजा खानुका फाइदा

८ बैशाख २०७७, सोमबार १४:५४

एजेन्सी , गर्मी मौसमा खरबुजा अधिकांसको रोजाइमा पर्ने फल हो र खरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रसस्त मात्रामा पाइन्छ ।

यसले शरीरलाई शीतल बनाउने, सरीरमा डिहाइड्रेसनको खतरा क मगर्नेको साथै मुटु, मृगौला तथा रगत सम्बन्धि विभिन्न रोगको जोखिम पनि कम गर्ने विज्ञहरु बताउँछन् ।

कम वजन गर्न चाहनेहरुका लागि समेत खरबुजाको सेवन हितकारी हुन्छ यसका साथै क्यालोरी तथा चिनीको मात्रा निकै न्यून हुन्छ । साथै खरबुजा एन्टिअक्सीडेन्ट र भिटामिन सी को पनि राम्रो श्रोत हो । त्यसैले खरबुजा स्वास्थ्यका लागि हितकारी हुन्छ ।

खरबुजा खानुका फाइदा

खरबुजामा प्रसस्त मात्रामा अर्गानिक पिगमेन्ट क्यारोटिन्वाइड पाइन्छ जसले अन्य क्यान्सरबाट बचाउनका लागि फोक्सोको क्यान्सरको खतरा पनि कम गर्छ र यो तत्वले सरीरका क्यान्सर कोषलाई समेत नष्ट गर्न सहयोग गर्छ ।

खरबुजामा एडेनोसिन नामक एन्टिकुएगुलेन्ट तत्व पाइन्छ । जसले रक्तकोशिकाहरुलाई जम्न दिँदैनन् र रक्तनलीमा समेत रगत जम्ने समस्याले हृदयाघात लगायतका समस्या हुन्छन् तर एडेनोसिनले रक्तप्रवाहलाई सन्तुलित गर्छ र हृदयाघातको जोखिम कम गर्ने गर्दछ ।

कब्जियत तथा अन्य पेट सम्बन्धि समस्या छ र पेटको अम्लपना हटाउन पनि खरबुजाको नियमित सेवन राम्रो हुन्छ ।

खरबुजामा पाइने कोलाजन प्रोटिनले छालामा पाइने कनेक्टिभ तन्तुका कोशिकाको संरचनालाई तन्दुरुस्त राख्छ ।

यसले छालाको सुन्दरता र चमकता कायम राख्न मद्दत गर्छ ।

नियमित खरबुजा भोजनले मुत्र विकार सम्बन्धि समस्या, मृगौला सम्बन्धि समस्या तथा मृगौलाको पत्थरी लगायतका समस्याको समाधान गर्न पनि सहयोग पूराउँदछ ।

खरबुजामा भिटामिन बी पाइन्छ र यसले सरीरमा शक्ति प्राप्त हुने तत्वको काम गर्छ ।

मोटोहुने पीडितहरुका लागि खरबुजाको नियमित भोजन निकै फाइदाजनक हुन्छ ।

यसले आँखाको स्वास्थ्यका लागि समेत खरबुजाको नियमित भोजन लाभदायी हुन्छ । खरबुजामा भिटामिन ए प्रसस्तै पाइन्छ । अनि यसले आँखाको ज्योति प्रवर्धनका लागि ठूलो भूमिका खेल्छ ।

तनाबबाट मुक्तिका लागि समेत फाइदा हुन्छ । यसमा पाइने पोटासियम तत्वले मुटुको धड्कन, सरीरको रक्तप्रवाहलाई सन्तुलित गर्ने गर्दछ ।यसले मधुमेहको जोखिम पनि कम गर्छ ।