खगेन्द्र संग्रौलाले अनुवाद गरेको नयाँ पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक

१९ आश्विन २०७७, सोमबार ०९:३६

काठमाडौं , लेखक खगेन्द्र संग्रौलाले अनुवाद गरेको नयाँ पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ । यो पुस्तकलाई श्रव्य–दृश्यमार्फत सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ । यो पुस्तकमा अमेरिकी लेखक मेरी डेसनले छनोट गरेका विश्वविख्यात आठ चिन्तकका ११ वटा दार्शनिक निबन्ध छन् । जसलाई संग्रौलाले नेपालीमा अनुवाद गरेका छन् ।
यो पुस्तकलाई बुकहिल पब्लिकेसनले प्रकाशन गरेको हो । यसको मूल्य ५ सय रुपैयाँ राखिएको छ ।