क्वारेन्टाइनमै मदिरा पुर्‍याउनेलाई पाँच हजार जरिवाना

११ जेष्ठ २०७७, आईतवार १४:५०

चितवन , क्वारेन्टाइनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनु भयो ।

उहाँका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ ।