क्रिष्टियानो रोनाल्डो रियल छाडेर युभेन्टस जाने

२७ असार २०७५, बुधबार ०९:२१

असार २७, काठमाडौं ।

रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो युभेन्टस जाने पक्का भएको छ ।

रोनाल्डो इटली जाने चर्चा चलेको केही दिनपछि मड्रिडले त्यसलाई औपचारिक पुष्टि गरेको हो । यससँगै रोनाल्डो १० वर्षे बेर्नाबाउ यात्रा अन्त्य भएको छ ।

३३ वर्षीय रोनाल्डोले रियल मड्रिडमा रहँदा चार पटक च्याम्पियन्स लिगको उपाधि उचाले ।

उनी २००९ मा म्यानचेष्टर युनाइटेडबाट रियल मड्रिड आएका थिए । उनले क्लबका लागि ४५१ गोल गरे भने ५ पटक बालोन डि’ओर अवार्ड पनि जितेका छन् ।