क्रिकेट एकेडेमीको उद्घाटन

१८ पुष २०७४, मंगलवार ०९:४०

पुस १८, काठमाडौं ।
बानेश्वरको ओमकारेश्वर चोकमा मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन भएको छ ।

पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सोमबार उद्घाटन गरेको एकेडेमी करिब २० लाखको लागतमा तयारी भएको हो ।३ वटा अभ्यास ढलान पिच रहेको एकेडेमीले करिब २ रोपनी जग्गा ओगटेको छ ।

क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाको बलिङमा विशेष अतिथि नेम्वाङले ब्याटीङ गरेर उद्घाटन गरेका थिए ।