क्याटरिङ सञ्चालन गर्ने दिनुपर्ने व्यवसायीको माग

१८ आश्विन २०७७, आईतवार ०९:०१

काठमाडौ. , नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले क्याटरिङ तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन माग गरेको छ । महासंघले आफूहरुको व्यवसाय सञ्चालन गर्न रोक लगाइएको भन्दा आपत्ति जनाएको हो ।
महासंघले भनेको छ, “नेपाल सरकारले क्याटरिङ तथा पार्टी प्यालेस जस्तै समान प्रकृतिका व्यवसाय (होटल, रेष्टुरेन्ट ,सपिङ्ग मल र पूर्णरुपमा हवाइ उडानका साथै यातयात) लगायत सञ्चालनको अनुमति दिँदा पनि हाम्रा क्याटरिङ तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाउनु अत्यन्तै खेदपूर्ण छ ।”
महासंघका अध्यक्ष लिलाबहादुर जिसीले व्यवसाय व्यवसायीको लागि मात्रै नभएर राज्यको लागि भएको उल्लेख गर्दै यथाश्यक चाँडो पार्टी प्यालेस तथा क्याटरिङ खुलाउनुपर्ने बताए ।