कोलकाताको चौंथो जित

१७ बैशाख २०७५, सोमबार १०:२४

वैशाख १७, काठमाडौं

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै कोलकाताले चौथो जित निकालेको हो । एम चिन्नास्वामी क्रिकेट स्टेडियममा बेंगलोरले दिएको १७६ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । कोलकाताको जितमा क्रिस लियनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै रोविन उथप्पाले ३६, सुनील नारिनेले २७ तथा कप्तान दिनेश कार्तिकले २३ रन जोडे । सुरेश रैना १५ रनमा रिटायर्ड हर्ट भए । बेंगलोरका मोहमद सिराज र मुगुरान आश्विनले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभरमा ४ विकेट गुमाएर १७५ रन बनाएको थियो । बेंगलोरको लागि कप्तान विराट कोहलीले अविजित ६८ रन जोडेका थिए । त्यस्तै ब्रेनडन म्याकुलमले ३८ तथा क्विनटन डी ककले २९ रन जोडे । कोलकाताको आन्द्रेस रुसेलले ३ विकेट लिदा कुलदिप यादवले १ विकेट लिए ।

यो जितसँगै कोलकाताले ८ खेलबाट ८ अंक जोडेको छ । कोलकता लिगको पाँचौ स्थानमा रहेको छ । पराजित बेंगलोर ४ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।

लिगको शीर्ष स्थानमा सनराइजर्स हैदरावाद रहेको छ । आइतबार भएको खेलमा राजस्थान रोयल्सलाई ११ रनले हराउदै हैदरवाद शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले दिएको १५२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा मात्र १४० रन बनाउन सकेको थियो ।

यो जितपछि शीर्ष स्थानमा उक्लिएको हैदरावादले ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्स र तेस्रो स्थानको किंग्स इलाभेन पन्जाबको समान १० – १० अंक रहेको छ । पराजित राजस्थान ७ खेलमा ३ जितसहित ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

(स्रोत : बाह्रखरी)