कोरोना संक्रमणबाट बँच्ने र बँचाउने उपाय

२ कार्तिक २०७७, आईतवार ०९:५६

डा डीआर उपाध्याय,

कोभिड–१९ ले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । संक्रमितको दर तीव्र गतिमा उकालिँदै छ । यो कोरोना भाइरस महिनौको लकडाउन र निषेधाज्ञाका बाबजुद पनि नियन्त्रणमा आउन सकेन । परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ पालना गरे संक्रमणको दरमा कमी आउने जनस्वास्थ्य बिज्ञले बताईरहेका छन । सबै अस्पताललाई कोरोना अस्पतालमा परिणतको निर्णयपछि अन्य बिरामीको व्यवस्थापन झन् कठिन बनेको छ । यो बिषयमा सरकारले बिचार गर्नु पर्ने आबश्यकता देखिएको छ । उपत्यकामा संक्रमण दर निरन्तर बढिरहेको छ । यो डर लाग्दो संकेत हो । आफनो सुरक्षा आफै गरौं । अनाबश्यक भिडभाड नगरौं । दशैको टिका नजिकै आएको छ । टिका लगाउन धेरै भिडभाड नगरौं । आफनै घरमा बसेर टिका लगाऔं । बाहिर हिड डुल नगरौ । कोरोना भाईरस संग छलिदै आफनो काममा लागौं । काठमाडौं उपत्यकामा संक्रमणको अवस्था भयावह उन्मुख छ, नियन्त्रणबाहिर जाने संकेत देखापरिरहेको छ । काठमाडौं उपत्यकाबाट दशैको लागी आफनो घर जानेहरुले पनि आफै सावधानी अपनाएर यात्रा तय गर्नु होला भन्र्ने मेरो सुझाव छ । अहिले बाँचे दशै फेरि अर्को बर्ष पनि मनाउन सकिन्छ । सवै भन्दा ठूलो कुरा आफनो स्वास्थ्य हो । सवैले सवै भन्दा पहिला आफनो स्वास्थ्यलाई ख्याल गर्नुहोस् । तपाई हामीले आफनो स्वास्थ्यलाई ख्याल गर्न सक्यौ भने र हेलच्याक्राई गरेनौं भने हामी संग कोरोना कहिले आउने छैन । पटकपटक सावुन पानीले हात धुने, सुरक्षित शौचालय जाने , पिउने पानी उमालेर खाने , मास्क लगाएर काममा बाहिर निस्कने , अनाबश्यक घरबाहिर ननिस्कने, आफन्तसँग भेटघाट र सम्पर्क नगर्ने, यदि गर्नै परे फोन वा सामाजिक सञ्जालमार्फत गर्ने । खोक्दा, हाच्छिउँ गर्दा कुहिनाको भित्रि भागले वा टिस्यु पेपरले नाक, मुख छोप्ने, तुरुन्त पेपरलाई बिर्कोसहितको फोहर फ्याक्ने टोकरीमा फाल्ने र त्यसपछि नाक, मुख सफा गर्ने बानीको महत्वबारे सबैलाई बुझाई व्यवहारमा उतार्न लगाउनुपर्छ । भेटघाट गर्नुपर्ने भए न्यूनतम दुई मिटरको दूरी, दुवैले उचित मास्क लगाउने, आमनेसामने नहुने र बढीमा १५ मिनेटसम्म छोटो कुराकानी गर्ने , शल्यक्रिया गरेका, ज्येष्ठ नागरिक, मधुमेह, श्वासप्रश्वासका बिरामी संग नजिक नहुने , यी नियम पालना गर्न सकियो भने कोरोना संक्रमणबाट बँच्न र अरुलाई पनि बँचाउन सकिन्छ ।