कोरोनाभाइरस नियन्त्रण गर्न सीमा नाका बन्द गर्न थालियो

१९ माघ २०७६, आईतवार १२:२६

काठमाडौं , चीनबाट फैलिएको नोवेल कोरोनाभाइरस संक्रमणले विश्वव्यापी स्वास्थ्य संकटकालको अवस्था सृजना गरेपछि विभिन्न देशले सीमा नाका बन्द गर्न थालेका छन् । कोरोनाभाइरसको बढ्दो संक्रमण रोक्न भन्दै ती मुलुकहरुले चीनबाट आफ्नो देशमा मानिसहरुलाई भित्रिन नदिने गरी प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ ।
चीनको हालसालै भ्रमण गरेको विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने अमेरिका र अष्ट्रेलियाले निर्णय गरेका हुन् । यसअघि रुस, जापान, पाकिस्तान र इटलीले त्यस्तै यात्रा प्रतिबन्ध घोषणा गरेका थिए।गएको डिसेम्बरमा चीनको वुहान सहरबाट देखिएको कोरोनाभाइरसको संक्रमण २६ देशमा देखापरिसकेको छ । यसबाट चीनमामात्रै ३ सय ४ जनाले ज्यान गुमाइसकेका छन् भने हजारौं संक्रमित भएका छन् ।
यस्तै यस भाइरस संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सीमावारपार गर्ने स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न आग्रह गरेको छ । साथै उसले सीमा बन्द गर्ने निर्णयबाट यात्रुहरु अनधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने भन्दै चेतावनी पनि दिएको छ । क्यानडा नेपालबाट