कोरोनाका कारण प्रसुति सेवा प्रभावित

२४ श्रावण २०७७, शनिबार ११:५४

डडेलधुरा , डडेलधुरामा कोरोना भाईरसको डरले गर्दा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा कम आउन थालेका छन ।

गाउँघरमै प्रसुति गराउने र सकभर अस्पतालमा नआउने गरेकाले उनीहरुमा जोखिम बढ्दै गएको छ । उपचारको अभावसँगै आमा र बच्चा दुबैको जीवन जोखिमपूर्ण बन्दै गएको हो ।

डडेल्धुरा अस्पतालका प्रसुति सेवा चिकित्सक डाक्टर राजन शाहले प्रसुति सेवा लिन र स्तनपान जस्ता महत्वपूर्ण सुरक्षित मातृत्व सेवा कोरोनाका कारण प्रभावित भएको बताउनुभयो ।

उहाँले नियमित जाँच र अत्यावश्यक सेवासुबिधा लिनको लागि अस्पताल पुग्न सबैसंग आग्रह गर्नुभयो ।