कोरोनाका कारण नेपालमा एक चिनियाँको मृत्यु

७ श्रावण २०७७, बुधबार १८:२६

काठमाडौँ , कोरोना संक्रमणका कारण एक चिनिया नागरिकको मृत्यु भएको छ। उनको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयो ।

ति महिलालाई साउन २ गते पोखराबाट हेलिकप्टर मार्फत ग्रान्डि अस्पताल ल्याइएको थियो। त्यहाँ बाट कोरोना परीक्षण गर्न पठाउँदा उनलाई पोजेटिभ देखिएको थियो। त्यस पछि उनलाई शिक्षण अस्पताल ल्याइएको थियो। स्वास्थ्यमा समस्या देखिए पछि ति चिनियाँ सुरुमा पोखरा स्थित मनिपाल अस्पताल पुगेका थिए।