कोटेश्वर–कलंकी खण्डको काम अन्तिम चरणमा

६ कार्तिक २०७५, मंगलवार ०९:५४

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको कोटेश्वर–कलंकी सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ।

 

 

उक्त खण्डमा अहिले फुटपाथ, जेब्राक्रसिङ लाइन, ट्राफिक संकेतको काम भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्माले बताए।योजनाका मुख्य–मुख्य कामहरू सम्पन्न भएकोले बाँकी काम पनि निर्धारित समयमै सकिने कालो पत्रेदेखि अन्डर पाससम्मका मुख्यमुख्य काम सकिसकेका छौं। बाँकी काम पनि चाँडै नै सकिन्छ। शर्माले भने।

पहिलोचरणको काम अन्तिम चरणमा पुग्दा चीन सरकारले नै कलंकीदेखि महाराजगन्जसम्मको सडक पनि विस्तार गर्ने भएको छ। दोस्रो चरणअन्तर्गत विस्तार गर्न लागिएको कलंकी–महाराजगन्ज ८ दशमलव २ किलोमिटर सडक खण्ड यसअघि नै चीनले बनाइदिने समझदारी पत्रमा नेपाल र चीन सरकारबीच हस्ताक्षर भइसकेको छ।

‘डीपीआर तयार पार्न चिनियाँ टोलीले काम गरिरहेको छ। कहिलेसम्म रिपोर्ट तयार हुन्छ भन्ने जवाफ आएको छैन। आएपछि बाँकी कुरा हुन्छ।’ त्यसक्षत्रे का बिजलीका पोल रूख काटन् घरटहरा हटाउने पानी, ढल गायतका काम अगाडि बढि सकेको विभागले जनाएको छ।