केही दिनयता सुनको मूल्य घट्ने क्रम जारी

२७ भाद्र २०७६, शुक्रबार १३:४२

काठमाडौं, सुन र चाँदीको मूल्य केही दिनयता घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७० हजार ६ सय र तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

गएको शुक्रबार सुन प्रतितोला ७२ हजार रुपैयाँ थियो । त्यसैगरी क्रमशः आइतबार ७१ हजार पाँच सय, सोमबार ७१ हजार ७ सय, मंगलबार र बुधबार ७१ हजार, बिहीबार ७० हजार ८ सय र शुक्रबार ७० हजार ६ सय रुपैयाँ कायम छ ।