केसीलाई त्रिवि शिक्षण अस्पतालको वार्डबाट अस्पतालकै गणेमान सिंह भवनमा सारियो

८ माघ २०७५, मंगलवार १४:३३

काठमाडौँ, अनसनरत प्राडा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको वार्डबाट अस्पतालकै गणेमान सिंह भवनमा सारिएको छ । स्वास्थ्य अवस्था सामान्य बन्दै गए पछि डा केसीलाई नाँक—काँन—घाँटी विभागमा सारिएको हो । अनसन थालेको ३ दिनमानै डा केसीको स्वास्थ्यमा समस्या देखिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गएको शुक्रबार बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो ।आईसीयूको ३ दिनको उपचार पछि डा। केसीलाई आईतबार साँझ अस्पतालको वार्डमा सारिएको थियो । अहिले स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि गणेशमान भवनमा सारिएको केसीका सहयोगीहरुले जनाएका छन् ।