केपी ओलीले गुटबन्दी गरेको भन्दै स्थायी कमिटी बैठकमा योगेश भट्टराईले आर्कोश पोखे

३ पुष २०७५, मंगलवार १३:०१

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठकमा मंगलबार पनि बोल्ने अधिकाशं नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीमाथि प्रश्न गरेका छन् ।

बैठकमा बोल्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले अध्यद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन अहिलेको आवश्यकता अनुसार नभएको बताएका छन् ।

बैठकमा सहभागि एक स्थायी कमिटी सदस्यका अनुसार भट्टराईले सांगठनिक एकीकरण ढिला हुनुमा पूर्वएमालेभित्रको नेतृत्वले गरेको गुटबन्दीको कारण भएको धारणा राखेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नामै नलिइकन नेतृत्व आफ्नो विरोध गर्नेलाई सिध्याउन लागिपरेको आरोप लगाए ।